परिचय – -Introduction_
काठमाण्डौं - टिमुर २ देखि ६ मिटर सम्म अग्लो र २४ से. मि सम्म गोलाई हुने मझौला झाडी प्रजातिको काढाँदार बिरुवा हो । यस्को नेपाली नाम टिमुर हो, यस्लाई अंग्रेजीमा Nepal Pepper, Toothache Tree, Prickly Ash भन्ने गरिन्छ वैज्ञानिक नाम ज्यान्थोजाईलम अर्माटम (Zanthoxylum armatum DC) Rutaceae वनस्पति परिवार अन्तर्गत पर्दछ, ।
यस्का ३ देखि ९ वटा ससना अण्डवृत आकारका (Elliptic) पातहरु डाँठको दुबै तिरबाट पलाएर आएका हुन्छन् । पातका टुप्पा तिखा (Acute) र फेद साना काँडा भएका पखेटा आकारका (Winged) हुन्छन् । हाँगाको वरिपरि २ से. मि. जति लामा तिखा र थेप्चा काँडाहरु (Thorns) बाक्लै छरिएका हुन्छन् । साना, मसिना, पहँेला फुलहरु हागाँमा झुप्प फुलेका हुन्छन् । फल वा दाना गोला, काला र साना हुन्छन् ।
यसबाट निस्कने तेल पहँेलो रंगको सजिलै बग्ने जंगली गुलाफको जस्तो बास्ना आउने हुन्छ । दानामा एउटै मात्र गोलो, कालो र टल्कने बिउ हुन्छ । यस्को दाना वा पात खाँदा तीतो, पिरो पर्प¥याउने तथा धेरै खाएमा बाडुल्की आउने हुन्छ । भारतीयहरु यस्लाई नेपाली धँनिया भनेर चिन्छन् । नसुकेको टिमुरको दानाको स्वाद ज्यादै कडा र तेजिलो हुन्छ । व्यापारिक प्रयोजनमा टिमुरको फल प्रयोग गरीन्छ ।
फैलावट । वासस्थान (Distribution and habitat)
टिमुर नेपालको हिमालय र महाभारत पर्बत श्रृंखला अन्र्तगत उष्ण देखि शीतोष्ण प्रदेश (Tropical – Temperate region) सम्मको भू–भागमा पूर्व देखि पश्चिम ५०० देखि २,५०० मिटरको उचाईमा पाईन्छ । हिउँदमा ठण्डा र गर्मीमा न्यानो हावापानी भएका उत्तर पूर्वी मोहडाका जंगलमा यो राम्रोसँग हुर्कन्छ । टिमुर नेपालको पश्चिम क्षेत्रमा बढी पाइन्छ ।
रााप्ती अञ्चलको रुकुम, रोल्पा, प्युठान र सल्यान जिल्लाहरु गुणस्तरीय टिमुरको लागि प्रसिद्ध मानिन्छन् । विशेष गरेर यो कटुस, गुराँस, चुत्रो, सल्लो, घंगारु, बाँझ, खसु प्रजातीका वनस्पतीसँग मिसिएर रहेको पाइन्छ । टिमुर सरकारद्धारा व्यवस्थित वन, सामुदायिक वन र व्यक्तिगत जग्गामा पाईने गर्दछ । ग्रामीण भेगमा यस्लाई खेतबारीमा बारको रुपमा पनि लगाउने गरीन्छ । नेपालमा टिमुर (Zanthoxylum) का आठ विभिन्न प्रजातिहरु पाइन्छन ।
टिमुरका प्रजातीहरु
1. Z. acanthopodium DC. बोके टिमुर C & E Nepal, 1,600–1,800m
2. Z. armatum DC. टिमुर C & E Nepal, 1,600–1,800m
3. Z. bungeanum Maxim= C Nepal, 2,500–3,400m
4. Z. nepalense Babu C & E Nepal, 2,700–3,100m
5. Z. nitidum (Roxb.) DC परपरे टिमुर E Nepal, 2,700m
6. Z. ovalifolium Wight C Nepal, 250m
7. Z. oxyphyllum Edgw. सिल्टिमुर, लहरेटिमुर C & E Nepal, 2,100–2,800m
8. Z. tomentellum Hook f. E Nepal, 1,600m
0 comment