- प्रा. डा. बन्धु कोईराला (खेकेब)
यो के कुनै पर्वत हो ? जलैजल भरिएको स्थल हो ? कुनै देवी वा महिलाको नाम हो ? पश्न उठ्छ यो जलजला साढे तीन दशकदेखि लेख्न सुरु गरेर तेह्र सय पृष्ठमा तयार भएको मोहन विक्रम सिंहको वहु पतिक्षीत कृति ।
यो कृति कोसंग के सम्बन्धित छ ?
मोहनजी धेरै लेख्ने वामपन्थी नेता मध्ये एक हुन् । तर किन यसलाई झन्डै चार दशक खर्चिए ?
पश्न गम्भिर छ,
एक दशक नाघेको छ । मैले यो कृतिको पान्डुलिपी फेला पारेको । उनी पश्किार र परिमार्जित गरी रहन्छन् । म उनको परिश्कार र परिमार्जन विनै भूमिका लेखिरहेको छु । माधव घिमिरेको अस्वथामा महाकव्य संझन पुग्छु । यो अझै निस्किसकेको छैन ।
यो किन ? मोहन विक्रम राजनैतिक व्यक्ति हुन् । उनी राजनीतिमा अग्रहित छन् नै । पूर्वाग्रही छन् भन्ने धेरैको भनाई कति सुसंगत छ ? तर यसमा के त्यस्तो आग्रह दुरग्रह होला ? नहोला पनि यसको समष्टिगत मूल्याकंन गर्नु पर्ने हुन्छ ।
नेपाल कम्युनिष्ट आन्दोलनका शिरोमणि पुष्पलाल हुन । उनको मार्ग प्रष्ट छ । यस्तै रायमाझी धार पनि मनमोहन, मदन भण्डारी, एक ऐतिहासिक सन्दर्भ छ । २०१० सालमा कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भैसकेपछि आजसम्मको मोहनजीको राजनीतिक यात्रा सफल कति असफल, त्यो त समयले मूल्याकंन गर्ला । तर मोहनजीको स्कुलमा प्रशिक्षित वाम नेताहरु आज सत्ता शक्ति र सम्पतिको शिखरमा छन् । त्यो शिखर पूँजीवाद र सामन्तवादलाई भुलाउने खालको छ । जवकी मोहनजी, पुश्पलाल र मनमोहन जस्तै सादा जिवनको रुपमा आफुलाई सामन्य हैसियतमा सिद्धान्तको व्याख्याताको रुपमा स्थापना गर्न अग्रसर छन् । लालयित छन् । आरोप प्रत्यारोप कम्युनिष्ट पार्टीमा हुनु स्वाभाविक हो । नेपाल कम्युनिष्ट पार्टीको सन्दर्भमा ।
कम्युनिष्टहरुको ह्याचरीलाई जन्माउने बढाउने र हुर्काउन पुष्पलालले आफ्नै प्रयास गरे । डा. रायमाझीले समय दिए । भापालीहरुको आफ्नै स्वरुप छ । मोहनजीको ह्याचरीमा त्यतिकै योगदान छ । यिनको राजनैतिक चिन्तनका विभिन्न कृतिहरु प्रकाशित भएकै छन् । ऐतिहासिक सन्दर्भमा तिनको मूल्यंकन होला नै ।
उनले नेपाली साहित्यमा लेखेका केही कृति, केही समीक्षा, केही अनुवाद र टिप्पणी चाहि निःसन्देह सार्थक छन्, भनेर समिक्षकहरु टिप्पणी गर्ने गर्छन् ।
पस्तुत जलजला कृतिम मोहनजीका करीब चार दशकको खरिएको मस्तिष्कले उनको मनलाई कसरी प्रस्तुत गर्छ भन्ने कुरा प्रश्नको रुपमा हेर्न सकिन्छ ।
यो कृति उनको पार्टी जिवनमा देखा परेको सांस्कृतिक विचलनसंग सम्वन्धित छ भन्नेहरु पनि छन् । तर यसमा उनले आफुलाई गरेका र्कावाहीलाई स्वीकार गर्दै प्रेमको पवित्रामा उनी अडिक भएको प्रस्तुत कृतिबाट देखाएको भन्ने सन्दर्भ छ ।
यो कृति के प्रेम मात्र हो ? होईन । यसले विभिन्न संस्कृतिहरु मानव सम्मत विकासक्रम विश्वकै ईतिहाँस वोकेको छ । माक्र्सवाद, लेलीनवाद भनेर भन्दै माओको विचारमा अडिग आस्था राख्ने उनी शक्तिमय विद्रोह र क्रान्तिमा चट्टान झै अडिने व्यक्ति हुन् । जो अतिवादी हैन । उनले आजसम्म अध्ययन गरेका दर्शन, समाजशास्त्र, भूगोल, प्रकृति र अनुभव गरेका आर्थिक जनजीविकासंग सम्वन्धित कुरा र नारी स्वतन्त्रता महिला सशक्तीकरण जस्ता कुरा यसमा स्वाभाविकरुपमा आएका छन् ।
आज पनि महोनजीले अविवाहित विद्या ढकालसंग मेरो आत्मिक प्रेम थियो । र त्यो प्रेम समयको कसीमा अझ बढेको मात्र हैन अविजित छ भन्ने सूत्रको आधारमा यो कृति अघि बढेको छ । यस अर्थमा आफूलाई इमान्दार भएर प्रस्तुत गर्न आत्मलोचना गर्न, पुनरावलोकन गर्न, अरुलाई उत्साह दिनेनै छ । यस अर्थमा यो कृति उनको कोशेढुंगा हुने नै छ । राजनैतिक रुपमा उनको मूल्यांकन समयले गर्ला नै । तर विशालकाय करिव १३०० पृष्ठको यो कृति नेपाली उपन्यास विधामा अलग्गै स्थान राख्ने नै छ ।
यो कृति आजका पाठकहरुले के कति पढ्ने धैर्यता गर्लान । यो साईवर युगमा । यो प्रश्न टड्कारो रुपमा खडकिएको छ ।
चरैवेति हिडिरहु मोहनजीको यो कृतिले नेपाल, नेपाली समाज अझ विश्व इतिहाँस दर्शन र समाजिकताको ज्ञानमा नेपाली पठकलाई गतिलो उपाहाँर दिने छ ।


0 comment