काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदावरी नदिने निर्णय गरेको छ । रमेश आइतबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक लेखकले बताएका छन् ।

राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । दिउँसो  १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको संघीय संसद सचिवालयले जनाएको छ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याय उम्मेदवरी दिने भएकी छन् ।