काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पु्ष्पकमल दाहालसंग प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि सोमबार साँझ पनि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच उपनिर्वाचन, गृहमन्त्रालय र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
रवि लामिछानेले आवश्यक प्रक्रिया पूरा गरेर आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता प्राप्त गरेका छन् । नयाँ नागरिकता लिएसँगै रास्वपाले लामिछानेलाई पार्टी सभापति बनाएको छ । यसले गर्दापनि लामिछाने गृहमन्त्री हुने लाइनमा छन् तर, माओवादी केन्द्रले लामिछानेलाई गृह मन्त्री बनाउन आनाकानी गरेको छ ।
0 comment