काठमाडौं - नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गर्दै नेपाली टोलीको घोषणा गरेको छ। मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि सोमबार क्यानले रोहित पौडेललाई हटाएर लामिछानेलाई कप्तान नियुक्त गरेको हो।

लामिछाने चार वर्षपछि नेपाली टोलीको नेतृत्वमा फर्किएका हुन्। यसअघि उनलाई नाबालक बलात्कारको आरोप लागेपछि २०७९ सालमा कप्तानबाट हटाइएको थियो। एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।  उक्त प्रतियोगिता भदौ १४ देखि मलेसियामा सुरु हुँदैछ ।