पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका  पुरबहादुर गुरूङ युक्ताको अन्त्येष्टि गरिएको छ। कीर्तिमानी आरोही  युक्ताको शवयात्रासहित स्वयम्भूमा अन्त्येष्टि गरिएको हो।

गृहमन्त्री सुधन गुरूङले युक्ताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए  । यसैगरी नेपाली कांग्रेसका सदस्य समेत रहेका युक्ताको पार्थीव शरीरमा कांग्रेसका सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरे ।

युक्ताको पार्थिव शरीर बिहीबार अपराह्न काठमाडौं ल्याइएको थियो। १० पटक सगरमाथाको सफल आरोहण गरेका युक्तासहितको १० जनाको टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर निधन भएको थियो।