काठमाडौं - प्रहरीले धनकुटाबाट ठूलो परिमाणको लाूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब ६४७ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका–३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका–१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई जाँच गर्दा लुकाई छिपाई ल्याइएको ४८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेश र सहचालक तुलारामलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comment