काठमाडौं - सर्वोच्च अदालतले चक्रे (मिलन) गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले  विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

आठ वर्षअघि २०७४ माघ १०  मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।  सफाइविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएर पुनरावेदन दिएको थियो ।