काठमाडौं - काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगतार चौंथो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको चौथो खेलमा बंगलादेशसँग ३–२ मा पराजित भएको हो । 

बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ ले हराएको हो । नेपालले पहिलो र तेस्रो सेट जितेको थियो । बंगलादेशले भने दोस्रो, चौथो र पाँचौं सेट जित्दै खेल जितेको हो । निकै प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल प्रतियोगिता अवधिमा हालसम्म जितविहीन रहेको छ ।

जितविहीन बन्ने नेपाल पहिलो देश हो । नेपालले पहिलो खेलमा काजकिस्तानसँग, दोस्रो खेलमा श्रीलंकासँग र तेस्रो खेलमा पाकिस्तानसँग हार ब्यहोरेको थियो । नेपालले लिग चरणको अन्तिम खेल उज्वेकिस्तानसँग खेल्ने छ ।