काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत समूह एचको दोस्रो खेलमा साउदी अरेबिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमा साउदी अरेबियाले १-० को अग्रता बनाएको थियो। 

खेलको पाँचौं मिनेटबाट उरुग्वेले कर्नर मार्फत साउदी अरबियाविरुद्ध दबाब सिर्जना गर्न खोजेको थियो। खेलको ४१ औं  मिनेटमा साउदी अरबियाले गोल गर्यो। साउदी अरेबियाका लागि अब्दुल्लाह अल  अम्रीलेपहिलो प्रहारलाई किपरले पन्च गर्दै फर्काएको बलमा उनले दोस्रो टच मार्फत उत्कृष्ट फिनिस गरेका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा उरुग्वेले फ्री किकमार्फत बराबरी गर्ने कोसिस गरेको थियो। उक्त प्रहारलाई साउदी अरेबियाका किपरले बचाव गरिदिए। 

दोस्रो हाफमा ओरोगवे केही आक्रमक खेल रणनीति सहित मैदानमा उत्रियो। फलस्वरूप दोस्रो हाफको अधिकांश समय साउदी अरेबिया डिफेन्स गर्नमा‌ नै व्यस्त भयो। 
लगातारको दबावपछि खेलको ८० औं मिनेटमा उरुग्वेले साउदी अरबिया विरुद्ध बराबरी गोल फर्कायो। उरुग्वेको लागि म्याक्सिमिलियानो अराउजोले किपरले पन्च गरेर रिबाउन्ड भएको बललाई बाया तर्फबाट फिनिस गरे। 

निर्धारित ९० मिनेटमा थप गरिएको पहिलो मिनेटमै उरुग्वेले गरेको प्रहार साउदी अरेबियाका किपरले बचाव गरे। 

आजको पहिलो खेलमा बेल्जियम र इजिप्टले १-१ बराबरी खेल्दै अङ्क बाँडेका थिए।