काठमाडौं - ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहित अन्य तीन जनामाथि अनुसन्धान अघि बढाइएको छ । नियन्त्रणमा लिएका व्यक्ति उपर अनुसन्धानन गर्न अदालतले ५ दिनको म्याद थप गरेको छ ।
पक्राउ पर्नेहरूमा श्रीमान् थापासहित नुवाकोटको तारकेश्वर–४ घर भएका ३६ वर्षीय विक्रम थापा मगर, ४० वर्षीय पुजन थापा क्षेत्री र गोकणेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा थापाले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको आरोप छ । रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको थियो ।


0 comment