काठमाडौं - प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका छन्। निरन्तर विरोध गर्न थालेपछि सभामुख डीपी अर्यालले विपक्षी दलका सांसदहरुलाई पालैपालो बोल्न समय दिएका छन् ।
बजेट सम्बन्धी छलफल गर्ने कार्यसूची भए पनि विपक्षी दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरोध गर्दै आएको हुँदा कार्यसूची अनुसार अघि बढ्न सकेको छैन । उनीहरुले प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नु पर्ने र आफ्नो भनाइ फिर्ता लिनुपर्ने अडान लिएका छन् ।


0 comment