काठमाडौं - विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग एक लाख धरौटी माग गर्ने आदेश गरेको छ । भेपमार्फत सुन तस्करी गरिएको अभियोगसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा महरासँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो। मुद्दाको सुनुवाइका क्रममा महरालाई आज अदालतमा उपस्थित गराइएको थियो ।


0 comment