काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ९९४ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ५ लाख ४१ हजार ५०२ राजस्व जम्मा भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १५८,निषेधित क्षेत्रमा हर्न बजाउने १३०,सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८,एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो ।


0 comment