काठमाडौं - ‘बझाङको बाघ’को उपनामले सुपरिचित नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै रवीन्द्र सेमिफाइनल प्रवेश गरेका छन्।  हजारौं नेपाली समर्थकहरू रविन्द्रलाई समर्थन गर्न पुगेका थिए । यो जितसँगै  रोड टु यूएफसीमा फाइट जित्ने रविन्द्र पहिलो नेपाली फाइटर समेत बनेका छन् ।

रविन्द्रले अब सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन् । उनले गत वर्ष भारतको भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।