काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि प्रसाईंलाई मंगलबार साधारण तारेखमा रिहा गरिएको हो ।

प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । प्रसाईंमाथि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सरकारप्रति अवहेलना सिर्जना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ । उनलाई जेठ ४ गते राति वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको थियो ।