काठमाडौं - प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश शर्मालाई शपथ गराएका हुन् । प्रधानन्यायाधीश शर्माले आजै पदभार ग्रहण गर्नेछन् । संसदीय सुनुवाइ समितिले आजै उनको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।
संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये सरकारले चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो । संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेकोमा नेपाल बार लगायतकाले विरोध पनि गरिरहेका छन् । सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल छिन् । वरीयताक्रममा उनी नै प्रधानन्यायाधीश हुने आकांक्षी थिइन् ।


0 comment