काठमाडौं - यूएईलाई पराजित गर्दै नेपालले आइसीसी विश्वकप लिग–२ मा रोमाञ्चक दोस्रो जित दर्ता गरेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको तेस्रो खेलमा नेपालले यूएईमाथि डीएलएस मेथडमा ६ रनको रोमाञ्चक जित हात पारेको हो।
नेपालले यूएईसामु जितका लागि २९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। यूएईले निर्धारित ३८ ओभरमा ८ विकेटको क्षतिमा २४८ रन मात्र बनाउन सक्यो।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८९ रनको योगफल तयार पारेको थियो। योसँगै नेपालले जारी सिरिजमा ४ अंक जोडेको छ। नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो।
यसअघि बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल मेथडमा १०२ रनले पराजित भएको थियो ।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक पूरा गरे। उनले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक पूरा गरेका थिए।
यूएईका लागि मुहम्मद सद्दाकले सर्वाधिक ६५ रन बनाए। यस्तै हरप्रित सिंहले ४१ र आर्याशं शर्माले ३३ रन थपे। अदीप उस्मानी १४ रनमा आउट भए।
नेपालले मंगलबार ओमानविरुद्ध सिरिजको आफ्नो अन्तिम खेल खेल्नेछ।


0 comment