काठमाडौं - पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारसँग तत्काल कदम चाल्न माग गरेका छन्। उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवनमा गम्भीर असर परेको उल्लेख गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘बाँच्न दे सरकार’, ‘मन्त्रीहरूको सुनैसुन, जनतालाई छैन खाने नुन’ र ‘बालेन सरकार, मूल्यवृद्धि उपहार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
विद्यार्थी नेताहरूले सरकार जनताको समस्याप्रति संवेदनशील हुनुपर्ने र मूल्यवृद्धि नियन्त्रण गर्न प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। उनीहरूले माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।



0 comment