काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको छ ।
जिल्ला न्यायाधिश भगवती शर्मा ढुंगानाको इजलासले आइतबार जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
सीआईबीले गत शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेसहित केही कागजपत्र नियन्त्रणमा लिएको थियो ।एन्फामा अनियमितता भएको उजुरीको आधारमा सीआईबीले छापा मारेको हो । फिफाको निलम्बनपछि एन्फाको गतिविधि ठप्प जस्तै भएको छ ।


0 comment