काठमाडौ— बालबालिकाको संरक्षण सुनिश्चित गर्ने अभियानमा सक्रिय रुपमा काम गर्दै आइरहेको सामाजिक संस्था बाल विकास समाज ३६ औं वर्षमा प्रवेश गरेको छ । बालअधिकार सुनिश्चित गर्ने सवालमा सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहकार्य र समन्वयमा सक्रियता देखाइरहेको संस्था बाल विकास समाज गनिने संस्था मध्ये एक हो । संस्थाले आफ्नो ३५औं वार्षिक उत्सव समारोह गरेर बाल अधिकार सुनिश्चित गर्ने दौडानमा कहिलै नथाक्ने जनाएको छ । परिदर्शीता जवाफदेहितालाई मुल मन्त्रको रुपमा अबलम्बन गरेको संस्था बाल विकास समाजले हरेक वर्ष झै यो वर्षको पनि सामाजिक परिक्षण कार्यक्रम यही अवसरमा सम्पन्न गरेको छ । हरेक २ वर्षमा कार्यसमिति पदाधिकारी फेरबदल हुने संस्थाको विधान अनुसार संस्थाले १० औं महाधिवेसनबाट बालरोग विशेषज्ञ डा. रिता सिहं हमालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।
संस्थाले आफ्नै सहयोगमा शैक्षिक वर्ष २०८२ मा एस इ इ पास गर्ने १० जना बालबालिकाहरुलाई वार्षिक उत्सव समारोहमा नगद पुरस्कारसहित सम्मान पनि गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न संस्थाको वार्षिक समारोहमा विविन्न व्यक्तित्वहरुले सफलताको लािग शुभकामना दिएका थिए । शुभकामना दिने क्रममा नगरप्रमुख अधिकारीले बाल अधिकार प्रवद्र्धन गर्ने अभियानमा गहिरो इतिहास बोकेको संस्था बाल विकास समाजका कार्यक्रमहरुबाट आफू निकै खुशी भएको बताए । बालबालिकाको हितको लागि स्थानीय सरकारसँगको सहकार्यमा आफना कामहरु गर्दै आएको संस्था बाल विकास समाजलाई आगामी दिनमा पनि यही सफलता पाइरहने विश्वास रहेको अधिकारीले बताएका थिए । समारोहमा संस्थाले अपाङ्ता भएका बालबालिकालाई ह्वील चियर वितरण पनि गरेको थियो । संस्थामा १० वर्ष भन्दा बढी निरन्तर रुपमा योगदान गर्दै आएका कर्मचारीलाई प्रशंसा पत्रले सम्मान गरेको थियो । बाल विकास समाजले करिब २२ हजारभन्दा बढी बालबालिकालाई प्रत्यक्ष रुपमा आभान्वीत हुने गरी कार्यक्रमहरु गरिरहेको र आगामी दिनमा पनि अझै धेरै भन्दा धेरै बालबालिकालाई सेवा पुग्ने गरी काम गर्ने अठोट रहेको नव निर्वाचित अध्यक्ष डा. रिता सिहं हमालले बताउनु भयो । यसैगरी भोटेकोसे बाढीबाट ज्यान गुमाउने बालबालिकाहरुप्रति श्रद्धाञ्जली भन्दै वाढीबाट अभिभावक खोसिएका बालबालिकाका लागि पनि संस्थाले कार्यक्रम गर्ने सोच बनाएको अध्यक्ष हमालले बताउनु भयो ।
 कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवीहरु, सरकारी गैर सरकारी निकायका पदाधिकारीहरु जनप्रतिनिधिहरु शिक्षक, अभिभावक बालबालिका बालअधिकारकर्मी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने संस्थामा कार्यरत सबै कर्मचारीलाई सोही अवसरमा मायाको चिनो समेत प्रदान गरिएको थियो ।