काठमाडौ:लागू औषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिई प्रतिवादीको पत्नीबाट अवैध रूपमा रकम लिएको पाइएको हुँदा नियन्त्रणमा लिएको भन्ने जिल्ला अदालत काठमाडौंबाट प्राप्त सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं एक जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने वर्ष ४२ को हरि राम गिरी र जिल्ला नुवाकोट सूर्यगढी गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने वर्ष ३१ को अजय थापा मगर रहेका छ्न।
काठमाडौं महानगरपालिका-११ स्थित काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुको साथबाट अवैध रूपमा लिएको रु.४ लाख ७९ हजार रुपैयाँ, मोबाइल थान-३ र प्रतिवादीकी श्रीमतीको नाममा रहेको माछापूच्छ्रे बैंकको खाली चेक थान-७ बरामद गरेको हो।
प्रहरीले दुई जनालाइ ठगी सम्बन्धी कसुरमा दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थापाले जानकारी दिनु भयो ।


0 comment