काठमाडौं - त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा पुरिएका २४ जनाको शव नुवाकोट ल्याइएको छ। असोज १ र २ गते गरी सुरुङबाट २४ वटा शव निकालिएको हो। ती शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा ल्याइएको छ।
शव सनाखतका लागि मृतकका परिवार तथा आफन्तजनलाई खम्बाक्याम्प पुग्न आग्रह गरिएको छ। बाढीपछि सम्पर्कविहीन रहेका आफन्तको शव हुन सक्ने भएकाले पहिचानका लागि परिवारजनलाई आवश्यक सहयोग गर्न अनुरोध गरिएको हो।बाढीपछि सम्पर्कविहीन भएका नेपाल प्रहरी र नेपाली सेनाको पनि खोजी जारी रहेको छ । प्रहरीतर्फ अहिलेसम्म दुईजनाको शव फेला परे पनि अन्यको स्थिति पत्ता लाग्न सकेको छैन ।


0 comment