काठमाडौं - पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसोधनका नाममा भएको संविधानलाई विकृतितर्फ लान खोजीएको बताएका छन् ।
मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’को आइतबार विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले संविधानमा भएका त्रुटिहरुलाई केलाउन जरुरी रहेको उल्लेख गर्दै संविधानको मर्म र भावनालाई संसोधन गर्न नहुने बताए ।
पूर्वप्रधानमन्त्री खनालले संविधानको सीमा अवलोकन गरेर मात्र यसमा भएका कमीकमजोरी पत्ता लगाउन सक्ने भन्दै संविधान संसोधनका विषयमा बेमौसमी बाजा बजाएर हल्ला मच्चाइएको टिप्पणी गरे। संविधान संसोधन समान्य वा गट्टी खेल नभएको उल्ल्ेख गर्दे राष्ट्रिय धरातलबाट सोचेर सबै राजनितिक पार्टीहरुसंग वृहत छलफल गरेर मात्र संसोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । त्यसतै पूर्व प्रधानमन्त्री खनालले निति र कानुन नयाँ धरातलमा नपुर्याइ सहकारी बलियो बन्न नसक्ने बताए ।


0 comment