काठमाडौं - सभामुख डोलप्रसाद (डीपी) अर्याल सवार तीन वटा सवारी साधन ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।
बुधबार थापाथलीबाट सिंहदरबारतर्फ जाने क्रममा लेन क्रस गरेपछि ट्राफिक प्रहरीले सभामुख अर्यालका गाडीलाई कारबाही गरेको हो। ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको जनाएको छ। सभामुखको अगुवापछुवा (एस्कर्ट) मा रहेका सवारी साधनहरूलाई पनि कारबाही गरिएको छ।
यसअघि भीभीआईपी सवारीलाई लेन क्रसमा कारबाही गर्ने अभ्यास कमै देखिएको थियो। तर गृहमन्त्री सुधन गुरुङले ट्राफिक नियम सबैका लागि समान रूपमा लागू हुने स्पष्ट पार्दै भीआईपीका कारण सर्वसाधारणलाई सास्ती नदिन निर्देशन दिएका थिए।
उक्त निर्देशनपछि पहिलो पटक उच्च पदस्थ व्यक्तिको सवारीमाथि यस्तो कारबाही भएको हो।



0 comment