काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठकले काठमाडौं प्रहरी परिसरमा निवेदन दिएकी छन् । 

बस्नेले आफूमाथि यौन शोषण तथा दुव्र्यवहारको आरोप लगाउदै आएकी पाठक आइतबार प्रहरी परिसरमा निवेदन दिएकी हुन् । प्रहरीले भने अदालतमा पुगेको मुद्दाका विषयमा आदेश आएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने जनाएको छ । आफूमाथि भएको हिंसामा बस्नेतलाई पक्राउ गर्नुपर्ने पाठकको भनाइ छ ।

त्यसै उनले आइतबार नै काठमाडौं सरकारी वकीलको कार्यालय पुगेर छलफल गरेकी थिइन्। पाठकले बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ ।