– नोखीराम के. सी.
काठमाण्डौं – ईशापुर्व ६२३ मा नेपालको लुम्बिनीमा जन्मेर भारतको बोदगयामा बुद्धत्व प्राप्त गर्नु भएका शाक्यमुनि गौतम बुद्धको शन्देश विश्वका विभिन्न मुलुकहरुमा फैलन पुग्यो । ईशापूर्वको छैटौं शताब्दीमा नेपाल र भारतबाट बुद्ध धर्म प्रचार शुरु भई ईशाको विशौं शताव्दी सम्ममा युरोप–अमेरीकातिर समेत फैलन सफल भायो । ईशापुर्वको प्रथम शताब्दीमा गौतम बुद्धको प्रभाव कश्मिरबाट अफगानिस्थानतिर अघि बढ्यो । ईशापूर्व तेस्रो शताव्दीमा श्रीलंकामा बुद्ध धर्म र वहाँको अमूल्य सन्देश प्रचार भायो । जहाँ बुद्धको दाँतको अवशेष रहेको बताईन्छ । क्याण्डीको डालाडा मलिगावा नामक पुरानो मन्दिर र त्यहाँको विभिन्न भागमा छरिएर रहेका बौद्ध मठ मन्दिर हिनयानी वा थेरवादी भिक्षुहरुको केन्द्रको रुपमा अझसम्म रहेको पाईन्छ ।
विश्व ईतिहाँसमा बुद्ध एकमात्र यस्ता दूरदर्शी प्रकाश पुञ्ज हुन् जसले अहिंसाको माध्यमबाट विश्व शान्तिको बाटो देखाए । बुद्धले अणु बमको आविष्कारलाई चुनौंती दिदैं शान्ति सन्देशको आविष्कारलाई विश्वमा फिजाए । त्यसैले बुद्धको देश नेपाल पृथ्वीको एउटा भू–भाग मात्र नभएर कल्याण, विश्व शान्ति र विश्व एकताकास निम्ति अधार भूमी भएको कुरा सगौरव मान्न सकिन्छ । १९४५ अप्रील १४ मा सयूंक्त राष्ट्र संघको जन्म भएपछि बुद्धको सत्य, प्रेम र अहिंसाको सन्देश सो संघको विश्व शान्तिको लक्ष्यसंग जोडिन पुग्यो ।
जसले बौद्ध धर्मलाई बुझी सकेको छ उसले राम्ररी चिनेर हिड्ने प्रयत्न गर्नेछ र सवै धर्मलम्बीलाई कुदृष्टि, घुणा, तुच्छताले हेर्दैन । बरु उसप्रति मैत्रीभाव राख्छ । धर्मनिरपेक्षतालाई मान्यता दिन्छ । दयाँ, अनुकम्पा र सुख, समृद्धिको भावनाले आफूलाई ओतप्रोत गर्दछ । सांसारिक दःखको दलबाट छुटकारा लिन चाहन्छ र सबैमा प्यार गर्छ । ऊ अर्कालाई गाली, गलैचा, अपशब्द गर्दैन, चित्त दुखाउदैन । अरुलाई अहित, अपवित्र, कलुशित भाव चिताउँदैन । त्यो नै बुद्ध धर्मको आदर्श र सच्चारुप हो । बुद्ध धर्म दुःखबाट सुख प्राप्त गर्नका लागि अनुशासनहिन मनलाई नियन्त्रण गर्ने पद्धती हो । यसलाई चिन्तन मनन् गरे स्वतः भावनात्मक अज्ञानता र त्यसले ल्याउने दुःखवाट मुक्त हुन्छौं ।
यदि आफ्नो मन चिन्न सकिएन भने त्यो भ्रमले वास्तविकतालाई हेर्ने दृष्टिकोणमा अवरोध आउँछ । मनमा गडेको गलत धराणा र दोषपूर्ण अभ्यासले जरा गाड्यो भने जिवनभर त्यसवाट पीडा र विसंगतिमा रुमलिन पुगिन्छ । जव मानिसले शान्ति, धैर्यता र सैयमित बन्न सक्छ, तब मात्र उसले आफै माथि विजय प्राप्त गर्छ । मानवताको अर्थ नै अरुमाथि रक्षा गरी दयाँ, माँया, करुणाको साथै अन्याय नगर्नु हो । बुद्धले भनेकै थिए रे “मलाई मान्नु पर्दैन, मेरो कुरा नै ठिक छ भन्ने पनि हैन, आफुले नै अनुभव गरेर ठिक–वेठीक कुन हो छुट्याउने गर्नु म त एउटा बाटो देखाउँने मात्र हो, हिड्ने त तपाईहरु नै हो ।” यस्तै वहाँको ३ महत्वपूर्ण तत्व छन्, ति हुन्, शील, प्रज्ञा र समाधि । शील भन्नाले नैतिकता, प्रज्ञा भन्नाले बाटो र समाधि भन्नाले एउँटा लक्ष्य भन्ने अर्थ जानाउँछ । सँधै कूशल कर्तव्य गरी शुद्ध र मिठो बचन बोल्नु, समाजमा कल्याणकारी भावना रखि जीउँनु नै उत्तम मार्ग भनिन्छ ।
बुद्धले नचोर्नु, अरुलाई नढाँट्नु, चुक्ली नलागाउँनु, दःख नदिनु भन्ने सन्देश गरिमामय ढँगले दिनु भएको थियो । बोधि ज्ञान, (शील, प्रज्ञा र समाधि) जस्तो अमूल्य सन्देश आफ्नो र अरुको हितको निम्ति पनि अंगाल्नु पर्ने उत्तम ज्ञान मार्ग हुन । मैत्री, करुणा र शान्तिको सन्देश बुद्धका सर्वाेच्च विचार हुन् । अजको परिस्थिति आपसी कलह, झगडा, तनाववाट मुक्त हुनुलाई बुद्धको सन्देशले मार्ग प्रशस्त गरी दिएको छ । बुद्धको त्याँग, कष्ट, दुःखवाट उपलव्ध ज्ञानले सारलाई फलिफाप भएको पाईन्छ । कसैलाई ठूलो, सानो, त्यो समप्रदायको राम्रो, न राम्रो भन्ने नीच भावना परित्याग गरी सबै एकै समान हौं, भन्ने उच्च विचार र धारणाको विकास गर्नु यस धर्मको आर्काे विशेषता हो ।
मानीसले आफूलाई चिनेर ठिकलाई ठिक र वेठीकलाई बेठीक भन्नु तर झुटो कैले न वोल्नुु किन भने झुटो कहिले टिकदैंन । अरु माथि कहिले गलत न सोच्नु, यो नै बोद्ध धर्मको दर्शन हो । त्यसैले हामीले आजैदेखि यी माथि उल्लेखित सन्देशहरुलाई पालन, मनन् गरेर जिउँन सके आजको सन्दर्भमा एउँटा शान्त, सभ्य र उन्नतिशिल समाजको निर्मण हुने थियो भन्ने कुरामा अवश्य दुईमत न होला ।
बुद्धका सन्देशहरु : –
“त्यो व्यक्ति धार्मिक हो, जो आर्काको निम्ति त्याग्न सक्छ ।” – बुद्ध
“सदैब मधुर भाषण र असल संगत गर्नुपर्छ । ” – बुद्ध
“उठ् प्रमादि नहोउ, सदर्मको आचरण गर । धार्मिक पुरुषहरु ईहलोक, परलोक, दुबैमा सुखपूर्वक जीवन विताउँछन् ।” – बुद्ध बचन
“मनुष्य योनीमा जन्मलिनु दुर्लभ छ । जन्मेर पनि जीवित रहनु कठिन छ । जीवित रहे पनि धर्म श्रवण गर्न कठीन छ । औ बुद्धको जन्म हुन पनि दुर्लभ छ । ” – धम्मपद

0 comment