काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।

स्वास्थ्य परीक्षण गरेपछि ओलीलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ ।

लेखकलाई भने यसअघि नै पुर्याईसकिएको छ ।

अहिले ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर टिचिङ अस्पताल लगिएको हो ।

आज शनिबार भएकोले उनीहरुलाई आइतबार मात्रै अदालत पेस गर्ने प्रहरीले जनाएको छ ।