सीआईबीकोटोलिले लाजिम्पाटको एण्ड सी इन्टरनेशनलमा  छापामारेर एक जना बिचौलियाको नाममा ठग्दै आएकालाइ रंगेहात पक्राउ गरेको छ। 
पक्राउ पर्नेमा ४७ वर्षीय जगत गुरुङ रहेका छन।

अध्यागमनमा सेटिङ मिलाइदिने नाममा ठग्दै आएका एक व्यक्तिलाई नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरोले रंगेहात नियन्त्रणमा लिएको छ। सीआईबीले गुरुङ्गलाई लाजिम्पाटस्थित उनकै कार्यालय के एण्ड सी इन्टरनेशनल प्रालिबाट नियन्त्रणमा लिएको हो।

 गुरुङले सिजनल भिसामा दक्षिण कोरिया पठाइदिने र अध्यागमनमा सेटिङ मिलाइदिने भन्दै १ लाख ५० हजार सम्म लिने गरेका थिए। सो बारे अध्यागमन विभागमा उजुरी परेको थियो।

जसपश्चात विभागले सीआईबीसँग मिलेर अप्रेसन चलायो। अप्रेसनका क्रममा उनलाई रकम लिँदा-लिंदै रङ्गेहात पक्राउ परेको हो ।