काठमाडौं: लैनचौर प्रहरी बृतको टोलिले २० ग्राम लागु औषध खैरो हेरोइन र नगद सहित एक जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला सिरहा, सिरहा नगरपालिका ८ म्देस्वता घर भएको वर्ष २९ को रक्की कुमार यादव रहेका छ्न ।

 काठमाडौं महानगरपालिका २६ ठमेल नरसिंह चोक स्थितमा रहेको एक होटलमा लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं. ४०४ बाट उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।

बसेका होटलमा यादबले लुकाई छिपाई राखेको अवस्थामा २० ग्राम तौल भएको लागु औषध खैरो हेरोइन र नगद रु.७ हजार साथै १ थान मोबाइल सहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी  पवन कुमार भट्टराइले जानकारी दिनु भयो।