काठमाडौं - काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंका अतिक्रमित जग्गामा बनाइएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ । उपत्यकाका खोला छेउमा सार्वजनिक जग्गा अतिक्रमणका साथै मापदण्ड विपरीत बनाइएका संरचना बनाउने कार्यलाई प्राधिकरणले तीव्रता दिएको हो ।

यसै क्रममा प्राधिकरणले बिहीबार काठमाडौँ महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अनधिकृत संरचनामा डोजर चलाएको हो ।

अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले डोजर लगाउनुपरेको प्राधिकरणले जनाएको छ । सोही स्थानमा बसोवास गर्नेहरुले भने विना सूचना डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका थिए ।