अमेरिका र युरोप पुर्याइदिन्छु भनेर २ सय ५० जना ठग्ने शिवराज अन्ततः समातिए, उजुरीको लागेको थियो लर्को !
अमेरिका र युरोपको सपना देखाएर २ सय ५० जनालाई ठगेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सिन्धुली स्थायी घर भई गोकर्णेश्वर बस्ने ४४ वर्षका शिवराज कार्की रहेका छन्।
उनलाई प्रहरीले काठमाडौंकाे स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनी विरुद्ध १ सय जनाले उजुरी दिसकेको र उनले २ सय ५० जना सम्मलाई ठगेको हुन सक्ने बताइएको छ।
कार्की चलचित्र ‘तेल भिसा’का निर्माता समेत रहेका छन्।


0 comment