सिरहाका दुई होटेलमा छापा हान्दा अनैतिक धन्दामा महिलाहरुलाई लगाएको फेला परेपछि धन्दा चलाउने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटना लहान–३ स्थित अस्पताल चोकमा रहेको ‘अनलाइन होटल एण्ड लज’ र धनगढीमाई नगरपालिका–११ स्थित ‘खुश्बु होटल एण्ड लज’मा अनैतिक धन्दा चलाएको खुलेपछि संचालक सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अनलाइन होटल एण्ड लजमा चार जना महिलालाई होटलमा बोलाएर धन्दामा लगाएको खुलेको थियो। जसपश्चात सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरी र सप्तरीको सुरुङ्गा–९ टिकुलियाका २१ वर्षीय अशोक कुमार चौधरी, २० वर्षीय नितिक कुमार चौधरी र १९ वर्षीय आकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लियो।
खुश्बु होटल एण्ड लजमा दुई महिलालाई धन्दामा लगाइएको खुलेको बताएको छ। प्रहरीले होटलका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साह र सप्तरीको बलान बिहुल–६ का ३८ वर्षीय शिवकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ।


0 comment