झापामा अनैतिक धन्दा हुने गरेको भन्दै स्थानीयको गुनासो पछि प्रहरीले त्यहाँको एक होटेलमा छापा हानेर १० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अर्जुनधारा नगरपालिका–११ स्थित राईमान होटल एन्ड लजमा छापा हानेर १० जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकामा पाँच युवती र पाँच पुरुष रहेका छन्। जसमध्ये चार जना भारतीय रहेको युवतीहरु ८ देखि २४ वर्ष उमेर समूहका रहेको बताइएको छ।