काठमाडौ: लागू औषध नियन्त्रण ब्युरोको टोलिले लागु औषध खैरो हेरोईन १३७.४०० ग्राम र चरेस २ के.जि. ३ सय ग्राम सहित ५ जनालाइ पक्राउ गरेको छ।

काठमाण्डौका स्कुल कलेज पढने बिद्यार्थीहरुलाई समेत लागु औषध चरेश बिक्री गर्दै आएकी भन्ने बिशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले  जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १८ बाट जिल्ला मकवानपुर थाहा न.पा. ११ ठेगाना भएकी बर्ष ३८ की कल्पना तामाङलाई लागु औषध चरेस २ के.जि. ३०० ग्राम र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो।

भारतबाट काठमाण्डौमा लागु औषध खैरो हेरोईन ल्याई बिक्री गर्दै आएको भन्ने बिशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ, काठमाडौ महानगरपालिका १५ कारखानाचोकबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा जिल्ला सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका ५ ठेगाना भएका बर्ष ३१ को बिशाल श्रेष्ठ, ,सोही जिल्ला चौतारा नगरपालिका ७ ठेगाना भएका बर्ष ३९ को अर्जुन थापा र जिल्ला काभ्रेपलान्चोक तेमाल गाउँपालिका ८ ठेगाना भएका बर्ष ३० को सागर तामाङ समेतलाई लागु औषषध खैरो हेरोईन ३७ ग्राम ४०० मिलिग्राम र डिजिटल तराजु १ थान सहित पक्राउ गरिएको ।

साथै थप अनुसन्धानको सिलसिलामा निजहरुलाई लागु औषध खैरो हेरोईन बिक्री गर्ने देश भारत, राज्य बिहार जिल्ला अररिया फारबिसगंज १५ ठेगाना भएका भारतीय नागरिक बर्ष २५ को बिपुल बर्मा समेतलाई  जिल्ला मोरङ, बिराटनगर म.न.पा. ११ बसपार्कबाट लागु औषध खैरो हेरोईन १०० ग्राम सहित पक्राउ गरि आवश्यक अनुसन्धान कार्वाहीको लागि जिल्ला प्रहरि कार्यालय मोरङ बुझाईएको छ।

पक्राउ परेका प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम भई अनुसन्धान भईरहेको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख कृष्ण कुमार कोइरालाले जानकारी दिनु भयो ।