काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले नेपाली टिमलाई नयाँ उचाईमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका छन् ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा नवनियुक्त प्रशिक्षक एरिनाले नेपाली टिममा देखिएको कमीकमजोरीलाई सुधार गर्दै नयाँ उचाईमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका हुन् ।
उनले आफू मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहँदा राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने मुख्य लक्ष्य हुने उल्लेख गरे । नेपाली खेलाडीहरुमा निकै राम्रो क्षमता आफूले देखेको भन्दै प्रशिक्षक एरिनाले खेलाडीहरुलाई पूर्ण रुपमा तयार पार्ने बताए । हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलदेखि त्यसपछिका खेलहरुमा राम्रो नजिता आउने उनको विश्वास छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का एरेनालाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले विभिन्न देशका क्लवहरुमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।



0 comment