काठमाण्डौं – गानोदर्मा रातोच्याउँ जडीबुटीहरुको राजा रमानव जातिहरुका लागि सधैंभरी निरोगी, जवानी र लामो दिर्घायु प्रदान गर्ने महत्वपुर्ण आयुर्वेदिक संजीवनी जडीबुटीको विशेष प्रकारको चमत्कारी र दैशीशक्ति भएको उच्च गुणस्तरको पौंष्टिक खाद्यन्न पदार्थ हो । यसका भिटामिन बी, भिटामिन सी, क्याल्सिम, प्रोटीन, कार्वाैहाइड्रेड, फस्फोरस र आईरन ईत्यादी तत्वहरु हुन्छन् । यसलाई जापानिीज भाषमा रिषी, चाईनीज वैज्ञानिक लेटीन भाषमा गानोदर्मा, लुसिडुम र लिन्झी पनि भनिन्छ । गानोदर्मा (रातोच्याउ)को घुलोबाट तयारी भएका क्याप्सुल र अन्य पौंष्टिक खानेकुराहरु खान दिएर उपाचर गराउँने विधिलाई गानोथेरापी भनिन्छ । 

हजारौं हजार वर्ष पहलादेखि चाईनीज र जापानिजहरुले गानोदर्म (रिषी)लाई सबैभन्दा सर्वाेत्म, उच्च स्तरको जडीबुटी औषधी र संजीवनी जडिबुटी मानी आएका छन् । यसलाई लामो समयसम्म सेवन गर्दा पनि शरीरमा कुनै साईड ईफेक्ट र हानी नोक्सानी नपु¥याई सबै प्रकारका रोगहरु र शरीरका दुखाईलाई समेत निकोपारेर पुरा शरीरलाई नै नयाँ, कलीलो, सुन्दर र जवानी बनाई लमो दिर्घायु प्रदान गर्दछ भनी १६ औ शताब्दिको चाईनीज जडीबुटी विषेशज्ञ डा. लिसी चेनले लेखेको सन नोङ्गस हर्वल कलासिक कितावमा समेत उल्लेख भएको पाईन्छ । 

यो रातो च्याउ गानोदर्मा लुसिडुम उत्पादन हुँदा सुरुमा यसले कालो, कलेजी, निलो, सेतो, र पहेंलो विभिन्न रङ्गहरुमा परिवर्तन गदैं प्रकृतीबाट प्रशस्त मात्रामा अक्सिजन र औषधियतत्वहरु सोसेरीलिई ९० दिनमा चम्किलो, गाँढा रातोरङ्ग र छाला जस्तै दह्रो भएपछि मात्रै परिपक्व पाक्ने हुन्छ, अनि टिपेर ल्याईन्छ र अल्ट्राभोइलेट किरणद्धारा उपचार गरेर शुद्ध पारिन्छ, यसो गर्दा थेराप्युटिक प्रभाव अझै धेरै बढ्ने हुन्छ । 

खेतीको सुरुवात

जगंली गानोदर्मा चाईनाको अति विकट र अनकन्टार जंगलमा सुकेको र ढलेको रुखहरुमा वर्षको एक सिजनमा थोरै मात्रामा उम्रिने र अति दुर्लभ भएकोले यसलाई खोजेर जम्मा गर्न सारैनै कठिनई भईरहेको थियो । यदि कसैले भेटीहालेमा पन यसको उमेरको कारण र वातावरण प्रदुषणले गर्दा विकारयुक्त र गुणस्तर मापनमा पनि कमी हुने भएकोले ई.सं. १९७० मा जापानको क्योटो युनिभर्सिटी फुड स्टफ साइन्टिफिक रिसर्च इन्स्टिच्युटका प्राविधिज्ञ श्री युकियो नाओईले भाईरस र ब्याक्टोरीया रहित पद्धतिद्धारा गानोदर्माको सफलता पूर्वक खेती गर्न सुरु गर्नु भयो । यो प्रविधि १९७० मा चाईना र जापानमा, १९८० मा ताइवानमा र १९८३ बाट मलेशियामा विकास भएको हो । त्यसपछि हावा, पानी, माटो र वातावरणको अवस्थाको कारणले गर्दा यसको खेति गर्ने प्रविधि अन्य धेरै ठाउँमा नक्कल गरिएको हो । 

बाँकी आर्काे अंशमा.....