काठमाण्डौं – खुर्सानी पनि भारतीय बजारबाट नेपालमा भित्रिने एक तरकारी तथा मसालाजन्य वस्तु हो । यसको आयातलाई न्यून गर्नको लागि पनि कौशी खेती गर्न आवाश्यक छ ।  नेपालीको भान्साको हरेक छाक प्रयोगमा आउने तथा भोज एवं वनभोज कार्यक्रममा समेत यसको प्रयोग गरिन्छ ।  विवाहा पार्टीमा त यसको प्रयोग बोराका बोरा गरिन्छ । यदि प्रत्येक कौशीमा यसरी खेती गर्ने हो भने आफ्नो आत्म निर्भरता पूरा गर्न सकिन्छ । 

खुर्सानी गर्मी समयमा हुने बाली हो । यसैले यसको खेती मध्य पहाड तथा तराईमा खेती गर्ने हो । तर कौशी खेतीको लागि भने फागुनबाट  शुरु गर्न सकिन्छ । यसको नर्सरी तयार गर्न जाडो याममा टनेल घरमा गर्नु पर्ने हुन्छ तर गमलामा रोपिने हुनाले नर्सरी गरि रहन आवाश्यक पर्दैन । 

लगाउने समय 

फागुन–चैत–बैशाख–जेठसम्म काठमाडौँ उपत्यकामा, साउन–भदौ–असोज–पुष–माघ, तराईमा १४ सय मिटर सम्मको उचाई भन्दा तल ५ मिटर सम्ममा पनि माघ देखि बैशाख सम्ममा खेती गर्न सकिन्छ । 

जातहरु 

सूर्यमुखी, एन एस ११०१, आकाश, नामदारी १७०१ लगायत बजारमा उपलब्ध बीउहरु  स्थानीय जातहरु पनि लगाउन सकिन्छ । 

आवाश्यक सामाग्रीहरु 

आफ्नो कौशीमा अट्ने गमला संख्या १० ओटा
मल दश ओटा गमलाको लागि ४ बोरा
माटो १० गमलाको लागि ५ बोरा
बालुवा १० ओटा गमलाकोलागि ३ बोरा
बिरुवा १० ओटा गमलाको लागि १० ओटा

पानी आवश्यकता अनुसार

खेती गर्ने तरिका 

नर्सरी उत्पादन गरिरहन आवश्यक छैन यदि तपाईँको नजिकमा नर्सरी उत्पादन छ भने त्यहीबाट बिरुवा ल्याउन सकिन्छ । हैन भने गमलामा आफैले बिरुवा तयारी गर्न सकिन्छ । त्यसरी तयार भएको बिरुवालाई मल, माटो, र बालुवा मिसाएर गमलामा राख्ने भर्र्ने र सम्म बनाउने त्यसमा पानी दिने त्यसको ४/५ दिन पछि मात्र खुर्सानीको बिरुवा  रोप्ने ।

बिरुवा रोपेपछि बेलाबेलामा पानी दिने गर्नु पर्दछ । एउटा गमलामा एक बोट मात्र रोप्ने । 

बाली संरक्षण 

यसलाई थाक्रा आवश्यक पर्दैन । गमलामा उम्रेको झार उखेलिदिन र बेला बेला १० देखि १५ दिनमा फरकमा हल्का गोडमेल गर्ने । गोडमेल पछि पानी दिने तर पानी जम्न दिनु हुँदैन ।

रसायनिक मल र विषादी 

किरा देखा परेमा हातैले मार्ने रोग लागेमा पनि विषादी नचलाउने  । यदि बोट पुरै मर्न लागेमा  उखेलेर जलाउने त्यो गमलामा खुर्सानीको बोट नलगाउने त्यो गमलामा सिमी, बन्खा , काउली , मकैको खेती गर्न सकिन्छ ।