काठमाडौं - नेपाल टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज भएको तेस्रो खेलमा वेस्टइन्डिजसँग ९ रनले पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो । लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्टइन्डिजले २८ बल बाँकी हुँदै १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान दिए । त्यस्तै सोमपाल कामीले २६ रन बनाए ।

 लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११-११ रन  जोडे । वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक/एक विकेट लिएका थिए ।

यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो । जारी विश्वकपमा वेस्टइन्डिज लगातार तेस्रो खेलमा जित निकलादै सुपर आठमा प्रवेश गरेको छ।