–  गोरखबहादुर वी.सी.

काठमाण्डौं – मुलुकलाई नेतृत्व प्रदान गर्ने राजनेताहरूको सधैँ खरेडी परेको छ । अहिले मुलुकको राजनैतिक, आर्थिक, संस्कृतिक, धार्मिक, सामाजिक क्षेत्रमा विकृति र विसंगति मौलाएको छ । विचार, सिद्धान्त र त्यागको राजनैतिक गर्ने राज नेता नै छैन् । हाम्रो परम्परागत सामाजिक संरचनाहरू बिग्रँदै गएको छ । आर्थिकरुपमा दिन प्रतिदिन परआसिद अवस्थामा छ । यस मुलुकले हालसम्म देश निर्माण गर्ने र राष्ट्रलाई सम्बृद्धिशाली बनाउने राजनेता नभईकाले छिमेकीहरूको आश र भरासो एवं आशिवादमा चल्नु परेको तितो यथाथ सबैका सामु छङ्गगै छ । आजको २१ औँ शताब्दीमा पनि जुत्ताको पिनदेखि छात्राको टुप्पीसम्म अरुकै भर पर्नुपर्ने र आफ्नै घरमा आफैले आगो लगाउने र छिमेकीलाई निभाउन गुहार माग्ने राजनीतिक परम्परालाई निरन्तर दिने काम भई नै रहेको छ । 

“ विशाल खस साम्राज्यदेखि वर्तमान नेपालसम्मको इतिहासलाई केलाउने हो भने कुशल शासकमा खस साम्राज्यले खेलेको भुमिकालाई वर्तमान राजनीतिक नेतृत्वहरूले अध्ययन गर्नु जरुरी छ । त्यसैले चारैतर्फ दृष्टि भएको राज नेता चाहिन्छ । नीतिशास्त्रमा राजनीति उच्चतम मानिन्छ । राजनीतिमा नै धमिलो मिसिएपछि अरु संरचना स्वतः बिग्रन्छ । यो अवस्था हाम्रो देशमा विद्यामान छ । यसर्थ जे जस्ता सरकार भए पनि राजनीतिक सस्कार नभएकाहरूबाट मुलुकको सम्मृद्धि र निकास एवं विकास हुन सक्दैन । ”

यसर्थ, नेपाली राजनीतिक नेतृत्वले नेपाली जनताको जनचाहनालाई नबुझ्नु वा बुझेर पनि नितान्त आफ्नो निजी स्वार्थ र दल वा गुटको वरिपरि धुम्नुले मुलुकलाई दिशा निर्देशन दिने राजनैतिक दल वा नेतृत्व वर्गहरूले देश, समाज र जनता भन्दा पनि सत्ता र भत्तालाई महत्वपूर्ण मानी रहिरहने हो भन्ने यो देशलाई सम्वृद्धि एवं नयाँ उर्जा होइन अफगान, रुपान्डा, लिविया, इराक, सिरियाको जस्तै युद्धको हालमा पु¥याउने  अवस्था सृजना हुन सक्छ । हिजोको शासन व्यवस्था आम नेपालीको भलो र कल्याण गर्न सकेन भन्ने यत्रो आनदोलन भयो र विभिन्न विभेद्मा पारिएकाजनसमुदायहरूको हक अधिकार सुनिश्चित गर्ने भन्ने सवालमा हजारौँ जनताका छोराहरूले बलिदानी दिए । ती जनताका छोराको रगतमा होली खेल्ने काम किन हुँदैछ भन्ने प्रश्न व्यापक उठिरहेको छ । नेपालको संघीय संविधानमा सर्बैका अधिकारलाई सुनिश्चित हुने गरी संविधानलाई संसोधन गरी अगाडि बढ्नु पर्ने अवस्था पनि छ । नाम मात्रको संघीय शव्दले जनताको अधिकारलाई सुनिश्चित गर्न सक्दैन ।

सम्पूर्ण अधिकार केन्द्रमा थुपारेर संघीयप्रदेशलाई अधिकारविहिन बनाएर संघीय व्यवस्था नै असफल पार्ने  काम हुदै छ । सातै प्रदेशका मुख्य मन्त्री तथा प्रदेश सभाका न्ताहरूल् अधिकार नै नपाएको गुनासो विभिन्न मिडियमा सुनिन आएको छ । नेपालको राज्य व्यावस्थाको सवलमा मात्र नभएर सत्ता रुढ तथा विपक्षी दलहरूले पनि केन्द्रिकृत सोच र चिन्तनलाई त्यागेर संघीय ढाँचाको नीतिनियम र विचारलाई स्थापित गर्नुपर्दछ । आफुले बनाएको संविधानलाई पालना वा कार्यन्वयनपक्षलाई  निरन्तता दिनुपर्दछ । यस्तै अहिले सबभन्दा ठूलो कुरा राजनैतिक दलहरूकै सहमति र सहकार्यबाट नै यो संविधान बनेको छ । १० वर्षे जनयुद्ध र १९ दिने आन्दोलन र मधेशी आन्दोलन स्थापना गरेको संघीय लोकतान्त्रिक संविधान हो । यो संविधानलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन गरेको छ । जनताको आन्दोलनबाट स्थापित भएकोले पनि यसलाई जनआन्दोलनबाट आएका राजनैतिक दलहरूको सहमति र सहकार्यको अझ पनि खाँचो नै महत्वपूर्ण कुरा हो । तर जुन उद्देश्यमा सम्झौताहरू भए त्यो अनुरुप काम भएन, यसैले पनि हाम्रो देशका राजनीतिक दलहरूको मूल यात्रा के हो भन्ने कुरा स्पष्ट पनि भएन । अहिले लोकतान्त्रिक  गठबन्धन र वामपंथि र्मोचा बन्दी चुनावी मैदानमा गएर वामपंथि गठबन्धनको बहुमतिय सरकार गठन भएको छ । ‘पहिले  गाँसमा नै झिंगाझै’को भन्ने अवस्था सुरुमा नै परिसको छ । चुनावी नारामा खरो राष्ट्रवाद सत्तामा पुगिसके पछि विदेशीहरूको भक्तिवाद यस्तो दिशा हिन र दृष्टिविहिन राजनीतिक नेतृत्व एवं राज्य संचालकको नेतृत्व भएको जनमानसमा बुझाई छ । हाम्रो देशमा, नीति, नियम, कानून कागजमा मात्र सिमित हुन्छ कार्यन्वयन हुँदैन । विश्वको सबैभन्दा महङ्गगो संविधान हो अहिलेको संविधान तर हाम्रो रितिरिवाज परम्परा, धर्म, संस्कृति प्रकृति एवं भुगोल र इतिहाससँग मेल नखाने संविधान वनेको छ । यसलाई संसोधन गनै पर्छ । नेपालको गरिब जनतालाई ऋणमा ऋण डुबाउने  काम भएको छ । 

त्यसैले अव आम नेपाली जनताको हितमा हुने विकल्प के हो ? भन्ने खोजिको विषय बन्दै छ । यसर्थ, नेपालका वर्तमान राजनैतिक नेतृत्वहरू नेपाली जनताको नेता हुनका लागि वाह्य निर्देशन र आयातित राजनीतिक दर्शनलाई त्याग्नु पर्दछ । विश्वलाई शिक्षा दिक्षा र भिक्षा दिने हिमत खण्डको सुन्दर देश नेपालको आफ्नै मैलिक  दर्शन र सिद्धान्त रहेको छ । नेपालवाद र नेपालीतन्त्र लाई हाम्रो मुल मन्त्र मान्नु पर्दछ । पूर्वीय दर्शनको माग निदेशन दिने हाम्रो भुमि आज किन अनेक थरिका बोज र अतिकमण र हस्तक्षेपमा फस्ने परेको छ । यसको बारेमा राजनीतिक नेतृत्व एवं वैदिक जगतले वहस चलाउनु पर्ने नितान्त आवाश्वकता देखिन्छ । हामीले आफुलाई भलेर जाँदाको परिणमले हरेक क्षेत्रमा उपनिवेश हुन वाध्य पर्ने अवस्था आउर्ने छ र फेरि अझ गम्भीर खालको द्धन्द्ध निम्तीने छ । यसर्थ यो देशलाई पुनः निर्माण र जनतालाई नयाँ सोच र विकासको बाटोमा हिडाल्न एवं जनतालाई दिगो शान्ति शुसासन र सम्वृद्धिको मागचित्रमा लैजाना दुरदृ्ष्ट्रि अपनतत्व एवं यो देशको माटो प्रकृतिको शुश्म अध्ययन गरेको राज नेताको जरुरी छ । 

बहुमत होस या अल्पमत होस यसले कुनै खास अर्थ राख्दैन । नयाँ थालनीको सुरुवात नगरी सुखै छैन यदि यो देशलाई सम्वृद्धितिर लैजाने हो भने । विगतको पाठ सिक्न नितान्त जरुरी छ । विशाल खस साम्राज्यदेखि वर्तमान नेपालसम्मको इतिहासलाई केलाउने हो भने कुशल शासकमा खस साम्राज्यले खेलेको भुमिकालाई वर्तमान राजनीतिक नेतृत्वहरूले अध्ययन गर्नु जरुरी छ । त्यसैले चारैतफ दृष्टि भएको राज नेता चाहिन्छ । नीतिशास्त्रमा राजनीति उच्चतम मानिन्छ । राजनीतिमा नै धमिलो मिसिएपछि अरु संरचना स्वतः बिग्रन्छ । यो अवस्था हाम्रो देशमा विद्यामान छ । यसर्थ जे जस्ता सरकार भए पनि राजनीतिक सस्कार नभएकाहरूबाट मुलुकको सम्मृद्धि र निकास एवं विकास हुन सक्दैन । हाम्रै मैलिक संस्कारको राजनीति गराँै ।

(लेखक नेपाल पत्रकार तथा लेखक समाजका केन्द्रिय अध्यक्ष हुनुहुन्छ ।)