काठमाडौं - नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ ।

पोखरा रंगशालामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० ले पराजित भएसँगै नेपाल बाहिरिएको हो । फाइनल पुग्ने लक्ष्य राखेपनि पूरा हुन सकेन ।

नेपाल पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई २-१ ले हराएको भएपनि तेस्रो खेलमा पराजित भएको हो ।

बंगलादेश र भारत शीर्ष दुईमा रहेर फाइनल प्रवेश गरेका छन् ।