काठमाण्डौं – बाह्रै महिना एवं लगातार प्लाष्टिक घरभित्रै एउटै तरकारी बालीको खेती गर्दा रोग तथा किराको प्रकोप बढ्न जानुको साथै माटोको अवस्था पनि बिग्रन जाने हुँदा एउटा तरकारी बाली लगाएपछि भटमास बोडि लगायतको कोशेबाली  परिवारको बाली लगाई फुल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडिदिनु राम्रो हुन्छ । एकचोटी तरकारी लिइसकेपछि  चैत देखि जेष्ठ महिनाको पानी नपर्ने तथा बढी गर्मी हुने सिजनमा प्लाष्टिक घरको प्लाष्टिक हटाएर सयपत्रि फुल वा तोरी रोपी १–१.५ महिना भएपछि माटोलाई मिलाइ पारदर्शी प्लाष्टिकले ३० देखि ४२ दिन सम्म हावा नछिर्ने गरी छोपेको निमाटोड तथा अन्य माटोमा रहेका किरा तथा रोगका जिवाणुलाई  नियन्त्रण गर्न सहयोग गर्दछ । प्लाष्टिक घरमा तरकारी लगाउँदा बर्षा याममा गोलभेँडा र हिउँद याममा काँक्रा, जुकेनी आदि लाभदायक देखिएको छ । 

(कृषि डायरी)