काठमाडौं - आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
विश्वकपअघि नेपाली क्रिकेट टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुईवटा अभ्यास सिरिज खेल्नेछ , श्रीलंका ’ए’ टोली र मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास सिरिज तय भएपछि नेपाली टोली केहिसमय अघि नै विश्वकप यात्रामा निस्कन लागेको हो ।
विदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएकाले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।
त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक स्टुअर्ट लले विश्वकपमा राम्रो प्रदर्शन गर्ने र नजिता पनि राम्रो आउने आशा व्यक्त गरे ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । आईसीसी टी–२० विश्वकप क्रिकेट फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसँगै, इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।
नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरुवात गर्नेछ ।


0 comment