काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाको व्यवस्थापन तथा नेपाल तेक्वान्दो संघ बागमती प्रदेश र जिल्ला समन्वय समितिको संयोजकत्वमा आयोजित पाँचाैँ बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समापन भएको छ ।
आइतबार साँझ प्रतियोगिता समापन तथा पुरस्कार वितरण गरिएको हो । २ दिन सम्म चलेको प्रतियोगितामा वागमती प्रदेशभरीका ३५० भन्दा धेरै प्रतियोगीहरु सहभागी भएका थिए । खेलमा सहभागी खेलाडीहरुको बरियतासमेत निर्धारण हुने बताइएको छ ।
कार्यक्रमको अन्त्यमा कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई एक थान ल्यापटप उपहार दिइएको छ । खेलकुदको विकासको लागि अहम् भुमिका निर्वाह गरेको भन्दै मेयर उपेन्द्र कार्कीको चौतर्फी प्रशंसा भइरहेको छ ।


0 comment