परिचय (Introduction)
काठमाण्डौं – चुच्चे ओखर जुग्लान्डेसि परिवारमा पर्ने वहवर्षिय पतझड वाली हो । यसको वानस्पतिक वैज्ञानिक नाम Carya Illinoensis हो । यसको फल दाँते ओखरको जस्तै वोक्र निकै पातलो हुन्छ र भित्र पुरै गुदी भरिएको हुन्छ । चुच्चे ओखरलाई हातले मात्रै पनि सजिलैसँग फुटाउन सकिन्छ । यो फलको उत्पत्ती उत्तर अमेरिकामा भएको हो । जहाँ ४०० वर्ष पुराना वोटहरुले पनि फल दिईरहेको पाईन्छ । यसको रुख छिटो वद्ने र धेरै अग्लो हुन्छ । पिकानटका विजु विरुवाहरुले ५ देखि ७ वर्षबाट उत्पादन दिन थाल्दछन् भने पुरा फल दिने अवस्था १२–१५ वर्षमा मात्र हुन्छ तर कलमी विरुवाहरुले भने तश्रो देखि चौथो वर्षबाटनै फल दिन थाल्दछन् । यसको उत्पादनशिल समय १०० वर्ष भन्दा बढि हुन्छ । पौष्टिक तत्व उपलव्धताको हिसावले अत्यन्तै महत्वपुर्ण मानिने यस फलमा ७१ प्रतिशत चिल्लो पदार्थ, १५ प्रतिशत कार्वाैहाईड्रेट, ९ प्रतिशत प्रोटिन र पर्याप्त मात्रामा खनिज पदार्थ पाईन्छ ।
वानस्पितक विवरण (Botanical Description)
पिकानटको वयस्क रुख ३०–४० मिटर सम्म अग्ला हुन्छन भने हाँगाहरु करिव १२–२० मिटरको व्यास सम्म फैलन्छ । यसको मूल काण्डको मोटाई परिधि २ मिटर सम्म हुन्छ भने जराहरुमा मूल जरा र सहायक जराहरु हुन्छन् । पातहरु छेउमा साधरण धार परेका, एक अर्काका विपरित पलाएका करिव ४५–५० से.मि. सम्म हुन्छन् । पिकानटको भाले र पोथी फूलहरु एउटै वोटमा तर फरक फरक स्थानमा फुल्ने गर्दछन् ।
महत्व तथा उपयोग (Importance & Use)
१. स्वास्थय मुटुको लागि अत्यन्त लाभलायक फल हो ।
२. यसले पाचन प्रणालीलाई फाईदा पु¥याउनुको साथै हाड र दाँतलाई मजवुत बनाउँछ ।
३. यसको फल उच्च रक्तचापलाई नियन्त्रण गर्नका लागि लाभदायक छ भने यस्मा एन्टि कार्सिनोजेनिक गुण हुन्छ ।
४. यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाँउछ भने नियमित प्रयोगवाट कपाल झर्ने समस्या तथा छालाका रोगहरुबाट वचाउँछ ।
५. यसको प्रयागले वुढ्यौलालाई कम गर्दछ भने हृदयघात तथा स्तथ कयान्सरको खतरालाई कम गर्दछ ।
0 comment