काठमाडौं - भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरिएको हो । यस टोलीमा एनपीएल २०२५ मा शानदार प्रदर्शन गरेका शेर मल्ल र बसिर अहमद पनि समावेश भएका छन् ।

रोहित पौडेल (कप्तान) रहेको टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोरा परेका छन् । कुशल मल्ल र मोहम्मद आदिल आलम भने टोलीमा परेनन् ।