काठमाडौं - अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।  

देशभर ठूलो स्तरको आक्रमण सुरु गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरोलाई देशबाहिर लगिएको बताएका छन्  तर यसबारे विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन ।  भेनेजुएला सरकारले मादुरो र उनकी पत्नीको तत्काल जीवित रहेको प्रमाण माग गरेको छ।

यसअघि भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गर्दै सैन्य आक्रमणलाई अस्वीकार र कडा निन्दा गरेको थियो।

दृश्यहरूमा आगलागी भइरहँदा आकाशतर्फ उठिरहेका विशाल धुवाँका मुस्ला देखिन्छन्।

यो घटनाक्रम ट्रम्पले मादुरोमाथि दबाब बढाउँदै आएका केही हप्ताको तीव्र तनावपछि आएको हो ।