हिमाल ओलि -
संघीयताको संक्षिप्त जानकारी (Brief information on federalism)
विश्वमा रहेका १९५ राष्ट्रहरु मध्ये १९३ संयुक्त राष्ट्र संघमा आवद्ध छन् । दुई राष्ट्र द होली सी (The Holy see) र पालेस्टाइन (Palestine) संयुक्त राष्ट्र संघमा सदस्य छैनन् । संयुक्त राष्ट्र संघमा अबद्ध भएका १९३ सदस्य राष्ट्रहरु मध्ये ३० देशको शासकीय प्रणाली संघीय ढाँचामा रहेको छ । संख्यात्मक हिसाबले कम र जनसंख्याको हिसाबले अल्पमत भार रहेका राष्ट्रहरुमा संघीय ब्यवस्था संचालनमा छ । सामान्यतया ठूलो क्षेत्रफल भएका रुश, क्यानडा, अमेरिका, ब्राजिल, अष्टेलिया, भारत, अर्जेन्टिना, जर्मनी, दक्षिण अफ्रिका जस्ता मुलुकहरुले संघीय पद्धति अपनाएका छन् भने क्षेत्रफलमा सानो तर ठूलो सामाजिक विविधता रहेको सेन्ट किट्स एण्ड नेभिस, माइक्रोनेसिया, कोमोरस, नेपाल जस्ता देशहरुले पनि संघीय व्यवस्था प्रयोगमा ल्याएका छन् । उत्पादन र अम्दानीको दृष्टिकोणले संघीय प्रणाली भएका देशहरु उच्च, मध्यम र निम्न आय गर्ने तहमा पर्दछन् । संघीय राज्यहरुले संसदीय, राष्ट्रपतिय तथा मिश्रित शासन प्रणाली अपनाएका छन् । चिन र संयुक्त अधिराज्यमा एकात्मक राज्य प्रणाली भए पनि अभ्यासमा संघीयताका केही विशेषताहरु रहेका छन् ।
संघीयताको परिभाषा (Definition of federalism)
सिंगो मुलुकलाई सघीय एकाईमा रुपान्तरण गरि शक्ति बाडफा“डको सिद्धान्त अनुरुप राज्यसत्ता संचालन गर्ने राजनीतिक विचारधारा वा पद्धतिलाई संघीयता भनिन्छ। जसले मुलुकको भौगोलिक अखण्डता र विविधतालाई समेट्ने काम गर्छ । शक्ति बाडफा“ड भन्नाले राज्य शक्तिको समुचित वितरण गर्ने विधि हो। वा केन्द्रीकृत राज्य शक्तिलाई हरेक संघीय एकाईमा विकेन्द्रीकरण गर्ने प्रणाली हो। संघीयता संबैधानिकरुपमा स्थापित, स्वायत्त (स्वशासन) र साझा शासनको मिलन बिन्दु हो । यसमा राज्यलाई स्वायत्त शासनको सिद्धान्त अनुसार संघीय एकाईको क्षेत्राधिकार अन्तर्गत निश्चित क्षेत्रमा निर्णय गर्ने अधिकार हुन्छ । त्यसैगरि साझा शासनको सिद्धान्त अनुरुप संघीय एकाई लाई केन्द्रीय (संघीय) तहमा आफ्नो प्रतिनिधित्व संलग्न गराउने अधिकार हुन्छ। फेडेरेसन (Federation) अंग्रेजी शब्द ल्याटिन भाषाको फोडास (Foedas) शब्दबाट आएको मानिन्छ । फेडेरेसन अर्थात संघको अर्थ सन्धि (Treaty) वा सम्झौता (Covenant) हुन्छ। संघीय राज्य भनेको दुई वा दुई भन्दा बढि संघीय एकाईहरु (राज्य, प्रान्त, क्षेत्र, क्यान्टोन) मिलेर सम्झौताबाट बनेको संघीय एकाईहरुको सरकार र संघीय एकाई सरकार हुन्छन् । यि सरकारहरु बीच संबिधानमा प्रष्टरुपले अधिकारहरुको बिषयमा क्षेत्राधिकार तोकिएको हुन्छ । संघीयतालाई अंग्रेजीमा यस प्रकार परिभाषित गरेको छ ।
'Federalism is a type of government in which the power is divided between the national government and other governmental units. It contrasts with a unitary government in which a central authority holds the power and a confederation in which states, for example are clearly dominant" Or, "Federalism is a system of government in which governmental power that exists in a country are shared between central government and component region. It is also defined as the system of government in which governmental powers are shared between the component units and the central government, i.e. the federal government and its component. (State and local government"
१.२ विश्वका संघीय मुलुकहरुः (Federal countries of the world:)
विश्वको जनसंख्याको ४०.४५ प्रतिशत जनसंख्या ओगटेका ३० वटा मुलुकहरु संघीय ढांचामा रुपान्तरित भएका छन् । पहिले एकात्मक राज्य व्यवस्था रहेका मुलुकहरु नेपाल, स्पेन, बेल्जियम र इथियोपिया हाल संघीय स्वरुपमा संचालित छन् । लामो समय देखि लोकतन्त्रको अभ्यास गर्दै आएका मुलुकहरु अर्जेन्टिना, ब्राजिल र मेक्सिकोमा समेत संघीय प्रणालीको शुरुवात भएको छ। संघीयतामा रुपान्तरण भएका मुलुकहरुको संघीय बिशेषताहरु पनि फरक–फरक छन्
विवश्वमा संघीयता लागू भएका ३० वटा मुलुकहरु देहाय बमोजिम छन् ः
(१) अर्जेन्टिना (२) अस्ट्रेलिया (३) अष्ट्रिया (४) बेल्जियम (५) बोस्निया(हर्जगोभिना (६) ब्राजिल (७) क्यानडा (८) कोमोरोस (९) कङगो (१०) इथियोपिया (११) जर्मनी (१२) भारत (१३) इराक (१४) मलेसिया (१५) मेक्सिको (१६) माइक्रोनेसिया (१७) नाइजेरिया (१८) नेपाल (१९) पाकिस्तान (२०) पपुवा न्यू गिनी (२१) पलाउ (बेलाउ) (२२) रुस (२३) सेन्ट किट्स एण्ड नेभिस (२४) दक्षिण अफ्रिका (२५) स्पेन (२६) सुडान (२७) स्वीटजरल्यान्ड (२८) संयुक्त अरब इमिरेट्स (२९ ) संयुक्त राज्य अमेरिका (३०) भेनेजुएला

0 comment