बैज्ञानिक नाम (ल्याटिन नाम :   नार्डाेस्टाकिस ग्रन्डीफ्लोरा
                                                   (Nardostachys grandiflora DC
संस्कृत नाम                                : तपस्विनी, जटिला, लोमशा, (जटामशी)
अन्य नाम                                  : नेवारीमानस्वाँँ
वनस्पति परिवार                  : भ्यालेरियानेसी
(Valerianaceae)

परिचय ः– हिमाली भेगका ३००० देखी ४,५०० मिटर सम्मको उचाईमा ढुङ्गै ढुङ्गा भएको धूपी र हिमाली चिमालको बुट्यानका छेउछाउमा चिसो र ओसीलो ठउँमा यो विरुवा बाह्रैमास पाईन्छ । 

जमिनभित्र रहने मोटो काण्डलाई राता खैरो झुस, रौं जस्ता जटाहरुले छोपिराखेको हुन्छ । काण्डको लम्बाई ७ से. मि. र चौडाई ३ से. मि को हुन्छ । यो सुगन्धित हुन्छ । यसको स्वाद तितो र पिरो हुन्छ । यसको पातहरु तलैबाट पल्हाई आएको हुन्छ । यिनका नाप २ से. मि. सम्म चौडा र २० स. मि. सम्म लामो हुन्छ । पातहरु घाँसका पातका आधार तथा झालका आकार र रौं नभएका हुन्छन् । पाताका टुप्पा तिखा हुन्छन् । फूलको एउटै झुप्पा हुन्छ । यो गुलाफी–सेतो रगंको हुन्छ । फुलमा भाले तथा पोथी दुबै योनी हुन्छ पाईन्छ । 

खेती

जरा सहितको काण्डका टुक्राहरुबाट जटामसीको विरुवा उमारिन्छ । बीउबाट पनि यसको बोटहरु उमार्न सकिन्छ । यसरी उमारिएका विरुवाहरुलाई मल जल गरी तयार गरिएको बारीमा वा खेतमा सारिन्छ । एक ड्याङ्गमा सारिएका विरुवा आपसमा ३० से. मि. दूरीमा राखिन्छन् र एक ड्याङ्गबाट आर्काे ड्याङ्ग ६० से. मि.को फरकमा हुनु पर्दछ । हरेक दुई महिनको अन्तरमा गोड्नु पर्दछ ।

नेपालको निम्नलिखित जिल्लाहरुमा जटामसिको खेती गर्ने सकिन्छ ः जस्तै, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु (खुम्जुङ्ग, दुधकुण्ड, थ्यांगबोचे), गोरखा (खरीबिरे, प्रोक, गम्दा, सिर्दिवास), लमजुङ्ग (बाहुन डाँडा, चौधखोला, डुलिबेसी, कास्की (गोरुजुरे, माछापुच्छ«े, हिमालफेदी), पर्वत (धानढुङ्ग, जलजल, नागी, वाग्लुङ्ग (तारा खोला, मैकोट), गुल्मी (झुले, खँुजो), मुस्ताङ्ग, म्याग्दी, रोल्पा, दैलेख, जुम्ला, जाजरकोट आदि स्थान । 

संकलन

हिउँ हटेपछि श्रावणदेखि कार्तिकसम्ममा जिमिन विस्तारै खनी विरुवा पल्हाउने केही भाग त्यही छोडी काण्ड मात्र संकलन गर्नु पर्दछ । यसले गर्दा विरुवा मासिने डर रहन्न र प्रत्येक दुई वर्षमा यसको काण्ड प्राप्त गर्न सकिन्छ । 

सुकाउने तथा संरक्षण

संकलन गरिएको जरा र काण्डहरुबाट माटो राम्ररी भारेर वा बगेको पानीमा पखाली सकेपछि यसमा रहेका गुण, तत्व संरक्षण गरी राख्न हावामा राम्ररी सुकाउनु पर्दछ । त्यसपछि यसलाई बोराहरुमा बाँधेर सुख्खा ठाउँमा राखिन्छ । 

उपयोगिता

आयुर्वेदिय प्रणाली अनुसार यसको विभिन्न उपयोगिता वर्णन गरिएको छ । यो तागत दिने, उत्तेजना, अपस्मार, मृगी, छारे, हृदय, कम्पा, अजीर्ण तथा वाल सम्बन्धी आन्द्राको बातशुल वा वात विष्फोटक, पेट दुखेको शमन गर्ने, वायु शमन गर्ने, पिशाव गराउने र हैजा तथा राश्वला गराउने ईत्यादिका औषधिहरुमा प्रयोग गरिन्छ । सुगन्धवालको सट्टा पनि यसको प्रयाग गरिन्छ । 

श्रोत : नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

वनस्पति विभाग