काठमाडौं - लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दोस्रो क्वालिफायरमा ४० रनले पराजित गर्दै पहिलो पटक  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुनिश्चित गरेको छ ।

अब लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर ९४ रनमै अलआउट भयो।

 लुम्बिनीका तिलक भण्डारीले ३ विकेट लिँदा ट्रम्पलम्यान, जेजे स्मिथ र अविशेष गौतमले २–२ विकेट हात पारे। यसअघि ब्याटिङ गरेको लुम्बिनीका डार्सी सर्टले ४५ र रोहित पौडेलले ३४ रन योगदान दिएका थिए।